काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३औँ बैंठक सिंहदरबारमा सम्पन्न भएको छ । बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको NS 80M2042= Hume Pipe लाई परिमार्जन गरिएको नेपालगुणस्तर NS 80M2081पारित भएको हो । साथै Laminated Woven Sack (block button valve) र घरायासी प्रयोजनमा आउने UPVC Pipe fitting को नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ ।
यसैगरी गरगहना, पानी र माटो परीक्षणसँग सम्बन्धित ISO बाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरुप परीक्षण विधिका गुणस्तरहरु समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।
मन्त्रीभण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन् । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उनले विभागलाई दिर्नेशन दिए । उनले निर्यात प्रर्वधन हुने अन्य सामग्रीहरुको अध्ययन गरि मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।
नेपालगुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समिति बाट पारित मस्यौदा नेपालगुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रुपमा मान्यता पाउने व्यवस्था छ । परिषद्मा उपाध्यक्षको रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव (उद्योग) उपाध्यक्ष र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ । साथै अन्य मन्त्रालयहरु, विश्वविद्यालयका प्रतिनिधिरु, विज्ञहरु र निजी क्षेत्रका प्रतिनिधीहरु समेत परिषद्मा सदस्य रहने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया