दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जीप दुर्घटना, ६ जनाको मृत्यु, ७ घाइते

लोकपथ
77
Shares

बैतडी । बैतडी । दार्चुलामा आज बिहान जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ भने ७ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।

मालिकार्जुन–३ मडमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु सवार जिप सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ७ जना घाइते भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेको उनले बताए ।

मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिप बिष्ट, शैल्यशिखर नगरपालिका–५ लेकका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल र बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा छन् ।

घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?