इटाली नेसन्स लिगको क्वाटरफाइनलमा

लोकपथ
98
Shares

काठमाडौं । इटाली युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपाली समय अनुसार शुक्रबार बिहान सकिएको लिगवानग्रुप २ को खेलमा इटालीले बेल्जियम माथि १–० गोलको जीत दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

खेलको ११औँ मिनेटमा इटालीले निर्णायक गोल गरेको थियो । उसका लागि सान्ड्रो टोनालीले गोल गर्दै क्वाटरफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।  

खेलको सुरुमै जियोभानीडिलोरेन्जो र निकोलो बारेलाको तालमेलमा बेल्जियमको डिफेन्स कमजोर बन्दा टोनालीले राष्ट्रिय टिमका लागि पहिलो गोल गर्न सफल भएका थिए ।

युइएफए नेसन्स लिगको समूह चरणमा अपराजित रहेको इटालीको १३ अंक रहेको छ ।

बेल्जियमले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि इटालीका गोलकिपर जियान लुइजीडोना रुम्माले विफल बनाएका थिए । यही समूहमा रहेको फ्रान्स र इजरायलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीसँगै फ्रान्स पनि १० अंकका साथ क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । अब अन्तिम खेलमा फ्रान्स र इटाली आमने सामने हुने छन् । उक्त खेलको नतिजाले क्वाटरफाइनल पुग्ने दुवै टिमलाई बाधा पर्ने छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?