आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

लोकपथ
266
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, गोलभेँडा ठुलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ।  यसै गरी आलु रातोको ७०, आलु सेतोको दुई रुपैयाँले घटेर ५८, लोकल बन्दाको मूल्य १५ रुपैयाँले घटेर ५५, काउली स्थानीयको १० रुपैयाँले घटेर ९० रुपैयाँ कायम भएको  छ ।

यसै गरी भन्टा डल्लोको मूल्य पनि १० रुपैयाँले घटेर ५० रुपैयाँ र भन्टा लाम्चोको पनि १० रुपैयाँले घटेर ३० रुपैयाँ कायम भएको छ ।

रायो सागको मूल्य ५० रुपैयाँमा स्थिर छ । तोरीको साग ५०, पालुङ्गो साग ५० र चम्सुरको साग १०० रुपैयाँ रहेको छ ।

त्यस्तै,लोकल गाजर १४० रुपैयाँ, तने बोडी २० रुपैयाँले बढेर १४० रुपैयाँ, मकै बोडी हिजो भन्दा २० रुपैयाँले घटेर ५० रुपैयाँ, मटर कोसा १० रुपैयाँले बढेर १५० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौँला ६० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० केरा १५०,स्याउ फूजी २८० रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?