दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जीप दुर्घटनामा मृतकको संख्या आठ पुग्यो

लोकपथ
0
Shares

बैतडी । दार्चुलामा आज बिहान भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालले आठ जनाको मृत्यु भएको पुष्टि गरे ।

प्रहरीले यसअघि ६ जनाको मृत्यु भएको बताएकोमा बढेर आठ पुगेको हो । १३ जना सवार जीप दुर्घटनामा पाँच जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटनामा परेको हो ।

मालिकार्जुन–३ मडमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु सवार जिप सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिप बिष्ट, शैल्यशिखर नगरपालिका–५ लेकका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल र बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदीप बोहरालगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?