एनपीएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

लोकपथ
189
Shares

काठमाडौं । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ । बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्सएण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ’नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै होटेलमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ । म्यारियटजस्तो विश्वकै अग्रणी संस्थाले नेपाली क्रिकेटको सम्भाव्यतालाई मध्यनजर गर्दै क्रिकेट र नेपालीको नयाँ ब्रान्ड एनपिएलमा गरेको लगानी स्वागतयोग्य छ । फ्रेन्चाइज क्लबहरुमा सबैभन्दा धेरै लोकप्रिय भएको सुदुरश्चिमाञ्चल रोयल्सले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी छौँ,’ खड्काले भने ।

कम्बोजले एनपिएलका लागि उत्साहित रहेको बताए । ’हामी सुदूरपश्चिम रोयल्सलाई स्वागत गर्न पाउँदा उत्साहित छौँ । टोलीलाई उत्कृष्ट खेलका लागि शुभकामना दिन चाहन्छौँ,’ उनले भने ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । यसका लागि सुदूरपश्चिमले ४ विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेको छ । टोलीको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । टोलीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?