अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कसको कति ?

लोकपथ
217
Shares

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । अधिकांशले नयाँ ब्याजदर सार्वजनिक गर्दा केहीले पनि अघिल्लै महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटाएर ५.९७ प्रतिशतमा पुर्याएका हुन् । कार्तिक महिनामा ६.१८ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.९७ प्रतिशतमा झारेका हुन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि धमाधम ब्याजदर घटाउनतिर बैंकहरु लागेका हुन् । पछिल्लो समय कर्जा प्रवाह हुन नसक्दा बैंकहरु ब्याजदर घटाउन बाध्य भएका हुन् । ११ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर घटाउँदा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले भने बढाएको छ । अन्य आठ वाणिज्य बैंकहरुले स्थिर राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?