भारतकी ९५ वर्षीय प्रोफेसर चिलुखुरी, जो दिनमा ६० किलोमिटर बसमा यात्रा गरेरै पुग्छिन् विश्वविद्यालय

लोकपथ
1.1k
Shares

काठमाडौं । मानिस ९५ वर्षको उमेरमा के गर्ला ? सामान्यता यो उमेरमा मानिस परिवारको साहारामा आराम गरिरहेको हुनेछ । रोगले थलिएर औषधीको पोका खोदली रहेको वा कान नसुन्ने आँखा कमजोर भएर लौरोको साहारामा यताउता गरिरहेको हुनेछ वा ओच्छ्यान परेको हुनेछ । तर, सबैको अवस्था त्यस्तो कहाँ हुन्छ । भारत आन्द्र प्रदेशको भिजियानगरकी ९५ वर्षीय चिलुखुरी संतम्माको क्षमताले सबैलाई चकित बनाइदिएको छ ।

९५ वर्षीय चिलुखुरी हातमा २ वटा लौरो लिएर दैनिक ६० किलोमिटर बसमा यात्रा गरेर आन्ध्र प्रदेशको विजयनगरस्थित सेंचुरियन विश्वविद्यालयका विद्यार्थीहरुलाई पढाउन पुग्छिन् ।

यी ९५ वर्षीया प्रोफेर चिलुखुरीको पढाउने जोशमा यो उमेरमा आउँदासम्म कत्ति कमि आएको छैन ।

घुँडा प्रतिस्थापनको शल्यक्रिया गरिसकेकी प्रोफेसर चिलुखुरीले सेन्चुरियन विश्वविद्यालयको विद्याथीहरुलाई मेडिकल फिजिक्स, रेडियोलोजी र एनेस्थेसिया पढ़ाउन दैनिक ६० किमी बसको यात्रा गर्छिन् । अहिले पनि उनी दिनमा कम्तिमा छ वटा कक्षा पढाउन सक्छिन् ।

प्रोफेसर चिलुखुरी मातहत अहिलेसम्म १७ जना छात्राहरूले पीएचडी गरिसकेका छन् । उनको क्षमता यतिमा मात्रै सिमित छैन ।

८ मार्च १९२९ मा मछलीपट्टनमा जन्मिएकी प्रोफेसर चिलुखुरीलाई पुराण, वेद र उपनिषदहरूमा पनि रुचि छ । उनले भागवत गीता श्लोकको अंग्रेजी संस्करण भागवत गीता ‘द डिवाइन डाइरेक्टिव’ नामक पुस्तक लेखेकी छिन् ।

चिलुखुरी अहिले नयाँ खोजमा पनि जुटेकी छिन् । हाल उनी युवा पुस्ताका लागि उपयोगी हुने विषयहरूमा पुस्तक लेख्नका लागि युवा पुस्तालाई नै अध्ययन गरिरहेको बताउँछिन् ।

चिलुखुरी अमेरिकामा भर्खरै सम्पन्न निर्वाचनमा निर्वाचित उपराष्ट्रपति जेडी वेंसकी पत्नी उषा चिलुखुरी वेंसकी हजुरआमा पनि हुन् ।

चिलुखुरीको लक्ष्य गिनीज बुकमा सबैभन्दा बढी उमेरको प्रोफेसरको रूपमा आफ्नो नाम लेखाउनु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?