काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको रकम उत्पादित क्षेत्रमा लगाउनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि बैंकहरुले काम गरिरहेको बताएका हुन् ।
उनले भने, ‘हामी सबैलाई थाहा छ बैंकको जिम्मेवारी के हो भनेर । बैंकमा कुन हदसम्मको सुशासन कायम गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ । राष्ट्र बैंकको मुख्य भूमिका र रकम अहिले उत्पादनशील क्षेत्रमा जाओस् भन्ने हो । उत्पादित क्षेत्र बढोस् र अर्थतन्त्रलाई बढी फाइदा पुर्याउने गरी बैंकहरुले काम गरिरहेका छन् ।’
साथै उनले बैंकिङ क्षेत्रमा कयौँ किसिमका साइबर रिस्कहरु भएकाले जोखिम न्यूनीकरणलाई बैंकले जोड दिने बताए । उनले साइबर रिस्कहरुलाई न्यूनीकरण गर्न बैंकले बर्षौंदेखि नयाँ सिस्टम लिन खोज्दा पनि ल्याउन नसकिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया