अन्ततः वर्ल्डलिंकले बुझायो दुई अर्ब १५ करोड बक्यौता

लोकपथ
84
Shares

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई अन्ततः दुई अर्ब १५ करोड रूपैयाँ बक्यौता बुझाएको छ।

कर विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले कर तिर्नुपर्ने फैसला गरिदिएपछि वर्ल्डलिंकले बाँकी सबै बक्यौता बुझाएको हो।

वर्ल्डलिंकले दूरसंचार विकास कोष (आरटीडीएफ) वापतको ७६ करोड २३ लाख ९५ हजार ३ सय २७ रुपैयाँ र रोयल्टी वापतको १ अर्ब ३८ करोड ९० लाख १२ हजार २ सय २५ रुपैयाँ बुझाएको छ ।

आर्थिक वर्ष ०६९–७० देखि ०७९–८० सम्मको आरटिडिएफ र रोयल्टीमा थपिँदै आएको ब्याज र जरिवानासहितको रकम कम्पनीले एकमुष्ठ बुझाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?