बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

लोकपथ
2k
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज नेपाल आयल निगमलाई

पेट्रोलमा ३२ पैसा र डिजेल र मट्टितेलमा २ रुपैयाँ ५४ पैसाको दरले बढेको मूल्य सूची पठाएको थियो ।

आज बसेको निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा ३–३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार भोलि बिहान १ बजेबाट उक्त मूल्य लागू हुनेछ ।

निगमका अनुसार बढेको मूल्यसूची अनुसार पहिलो वर्गमा १५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५२ रुपैयाँ ५० पैसा र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?