भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो

लोकपथ
14
Shares

काठमाडौं । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय भद्रपुरले आज राष्ट्रिय कर दिवस मनाएको छ । राष्ट्रिय कर दिवस मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । 

मूल्य अभिवृद्धि कर अर्थात् आधुनिक एवं वैज्ञानिक कर प्रणालीको सुरुवात भएको दिन विसं २०५४ मंसिर १ गते स्मरण गर्दै राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले देशको कर प्रणालीलाई सही र प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि राजश्व प्रशासनको महत्त्वपूर्ण भूमिका हुने बताए। कार्यालयले ‘बिलिङ’लाई प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गर्नुपर्ने उनको भनाइ छ । 

कार्यालयका निमित्त प्रमुख एंव कर अधिकृत डोरराज सुनुवारले कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, करसम्बन्धी जनचेतनामूलक कार्यक्रम, करदातालाई सम्मान गर्नेलगायत कार्यक्रम सञ्चालन हुने जानकारी दिए । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्लास्थित विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा करदाता उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?