चीनले बनायो अन्तरिक्षमा युद्ध लड्न सक्ने जेट

लोकपथ
196
Shares

एजेन्सी । चीनले हालै सार्वजनिक गरेको फाइटर जेट विमानको विश्वभर चर्चा भएको छ । चुहाई एयर सोमा अत्याधुनिक उक्त फाइटर जेटको अनावरण गरेसँगै यसले चर्चा बटुलेको हो ।

‘ह्वाइट एंपरर’ नाम दिइएको यो जेट तीव्र गतिमा उडान भर्न सक्षम छ भने पृथ्वीको वायुमण्डलभन्दा बाहिर अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमता रहेको चीनको दाबी छ ।

अत्याधुनिक टेक्नोलोजी अर्थात् स्टिल्थ क्षमता, सुपरसोनिक गति र उन्नत हतियार प्रणालीको प्रयोग गरेर निर्माण गरिएको जेट पीपुल्स लिबरेशन आर्मी एयर फोर्सको ७५औँ वार्षिकोत्सवको अवसरमा ग्वाङडोङ प्रान्तमा एयर सो समेत गरिएको थियो ।

१५औँ चाइना इन्टरनेशनल एभिएसन एण्ड एरोस्पेस प्रदर्शनीमा भने पाँचौं पुस्ताको लडाकू जे२० लगायतका चीनका धेरै उच्च स्तरका जेटहरूले उडान प्रदर्शन गरेका छन् ।

परम्परागत युद्ध र अन्तरिक्षय सुरक्षाका लागि सक्षम मानिएका यस्ता जेट अमेरिका र चीनले प्रतिस्पर्धात्मक रुपमा निर्माण गरिरहेका छन् । जे– २० र जे– ३५ निर्माण गरिसकेको चीनले भने नयाँ फाइटर जेटको विकासले चीनको सैन्य प्रविधिमा ठुलो उपलब्धि ठानिएको छ ।

हालै चुहाईमा भएको वार्षिक एयर सोमा रुसी एसयू–५७ फेलान र चाइनिज जे–३५ अन्तर्राष्ट्रिय बजारमा दौडिरहेका दुई फाइटर प्लेनले उडान भरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?