बरुण बेभरेजलाई उत्कृष्ट करदाता सम्मान

लोकपथ
42
Shares

काठमाडौं । बरुण बेभरेजले उत्कृष्ट करदाताको सम्मान पाएको छ । कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागमा शनिबार आयोजना भएको कार्यक्रममा विधागत उत्कृष्ट करदाताको रुपमा बरुण बेभरेजलाई सम्मानित गरिएको हो ।

आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९–८० मा बरुण बेभरेज विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योग घोषणा गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बरुण बेभरेजलाई पुरस्कृत गरेका हुन् ।

यसैगरी, सबैभन्दा बढी कर तिर्नेमा आयकरतर्फ नेपाल टेलिकम, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक र वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट सम्मानित भएका छन् ।

एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्याततर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जलि आयुर्वेद, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?