यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

लोकपथ
63
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, गोलभेँडा ठुलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोको ६०, लोकल बन्दाको मूल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी भन्टा डल्लोको मूल्य ५० रुपैयाँ र भन्टा लाम्चोको ४० रुपैयाँ कायम भएको छ ।

रायो सागको मूल्य ३० रुपैयाँ  छ । तोरीको साग ५० ,  पालुङ्गोको साग ९० र चम्सुरको साग १००, स्कूसको मूल्य २० रुपैयाँ रहेको छ ।

त्यस्तै,लोकल गाजर १५० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ,लौका ५०, घिरौँला ७० रुपैयाँ र लोकल परवर ७० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?