स्नातकमा अनुत्तीर्ण भएकोे भन्दै चीनमा एक युवकले अन्धाधुन्द चक्कु प्रहार गर्दा ८ को मृत्यु, १७ घाइते

लोकपथ
35
Shares

काठमाडौं । स्नातक तहको परीक्षामा अनुत्तीर्ण भएको भन्दै चीनका एक युवाले अन्धाधुन्द रुपमा चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्स्टिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले अन्धाधुन्द चक्कु प्रहार गरेका थिए ।

घटनालगत्तै पक्राउ परेका ती युवकले आफू स्नातकमा अनुत्तीर्ण भएकाले सो घटना गराएको बताएका छन् । अनुसन्धानमा जुटेका प्रहरीले अनुत्तीर्ण हुँदा इन्टर्नसिपको क्रममा कम पारिश्रमिक पाउने भन्दै उनी रिसाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?