रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नै नदिने

लोकपथ
273
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिका प्रमुखको उम्मेद्वार जयराम कार्कीलाई बनाउने तयारी गरेपनि अन्तिम समयमा सो पार्टी पछि हटेको छ ।

अब रास्वपाले आफ्नो तर्फबाट त्यहाँ कसैलाई पनि नउठाउने भएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए । उनले स्वतन्त्र उम्मेवारमध्ये कसैलाई समर्थन गर्न सकिने तर यसको निर्णय पनि पार्टीले गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?