आनी छोइङ, राजेश हमाल र रोहित पौडेलले गरे लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

लोकपथ
126
Shares

काठमाडौं । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुनेगरी र स्थानीय संस्कृति झल्कने जर्सीको डिजाइन गरिएको छ । गाढा नीलो रंगको जर्सीमा सुनौलो रंगको किनारा रहेको छ भने बाँया भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक रहेको छ ।

भगवान बुद्धको जन्मस्थानको रुपमा सुपरिचित लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदा स्थल पनि हो । विश्वका प्रमुख पवित्र धार्मिक स्थलहरू मध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिएका थिए ।

जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी आनी छोइङ डोल्माले जसरी संसार भरका सबै मानिसहरुको मन मस्तिष्कमा शान्ती फैलाउन भगवान बुद्धको भूमिका रहेको छ त्यसैगरी लुम्बिनी लायन्सले पनि सबैजनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने शुभकामना व्यक्त गरिन् ।

लुम्बिनी लायन्सका ब्राण्ड एम्बास्डर राजेश हमालले क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रुपमा काम गरेको बताए । उनले हरेक वर्ग, उमेर र आस्थाका मानिसहरुलाई क्रिकेटले एकै ठाउँमा ल्याएको बतए । उनले भने, ‘लगाव, समुहमा मिलेर काम गर्ने क्षमता र दृढ अठोटले हरेक क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरूलाई एकताबद्ध गर्दछन् र मलाई व्यक्तिगत रुपमा पनि यी गुणहरु अति आवश्यक लाग्छन् । यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरुको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरुको अटुट साथको प्रतिविम्ब पनि हो ।’

त्यस्तै, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सम्पूर्ण लुम्बिनीबासीको भावना र लुम्बिनीको ऐतिहासिक शान्ति र समृद्घिको भावना बोकेको र सुनौलो रंगले लुम्बिनीभित्र रहेको अखण्ड दिपको प्रतिनिधित्व गरेको उनले बताए ।तथा साँस्कृतिक महत्वलाई समेट्ने गरी जर्सीको डिजाइन गरेको बताए । निलो रङ्गले सम्पूर्ण नेपालको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?