पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

लोकपथ
532
Shares

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज आइतबार उनको निधन भएको हो ।

नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । उनी कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित थिए । उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?