शेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार, नेप्से ४.९८ विन्दुले बढेर २७५३.७६ अंकमा

लोकपथ
42
Shares

काठमाडौं । यो हप्ता कारोबारको पहिलो दिन शेयर बजार परिसूचक नेप्सेमा ११ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । गत हप्ताको अन्तिम कारोबारको दिन १० अर्ब ३२ करोडको कारोबार भएको थियो ।

आइतबार नेप्से ४.९८ विन्दुले बढेर २७५३.७६ अंकमा आएको छ । यस दिन एकसय ४५ कम्पनीको मूल्य बढ्दा ९२ कम्पनीको घट्यो भने छ कम्पनीको मूल्यमा कुनै फेरबदल भएन । होटेल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै बढेका छन् । यो क्षेत्र सबैभन्दा धेरै २.२१ प्रतिशतले बढे ।

यस दिन विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, माइक्रोफाइनान्स १.२८, व्यापार ०.२४ र अन्य ०.११ प्रतिशत बढ्दा उत्पादन १.१३ प्रतिशतले घट्यो । त्यस्तै, निर्जीवन बीमा ०.६९, फाइनान्स १.६३ र बैंकिङ ०.२१ प्रतिशतले घटे ।

यस दिन तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजारभन्दा बढी शेयर कारोबार भएका छन् । सबैभन्दा बढी ङादी ग्रुप पावरको कारोबार भएको छ । यसैगरी, कारोबारका हिसावले दोस्रो र तेस्रोमा समृद्धि फाइनान्स र जानकारी फाइनान्स रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?