विराटनगर किंग्सको एम्बेसडर बने दयाहाङ राई 

लोकपथ
56
Shares

काठमाडौं । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।

ब्राण्ड एम्बेसेडरको रूपमा विराटनगर किंग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् । उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘ विराटनगर किंग्सको लागि यो एउटा नयाँ आयाम हो । विराटनगर किंग्सले यो अवसर दिएकोमा धेरै धेरै धन्यवाद ।  टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । क्रिकेटले हामी सबैलाई धेरैसँग जोडेको छ । क्रिकेटले नेपाललाई विश्वसँग नै जोडेको छ ।’

साथै उनले क्रिकेटले गर्दा नेपाली खेलहरुलाई नजिकबाट बुझेको बताए । उनले खेलले नै हामी सबैलाई ठुलो धैर्यता सिकाएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?