लक्ष्मी सनराइज नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

लोकपथ
84
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौं आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा सम्पन्न गरेको छ । शनिबार सम्पन्न प्रतियोगिता ‘स्विङ फर सस्टेनेबिलिटी’ अवधारणा र हरित पहलहरुप्रतिको प्रतिवद्धतास्वरुप गरिएको बैंकले जनाएको छ ।

बैंकले कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा एक् टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आंकलन गरिएको थियो । यद्वपि बैंकले कुल एक हजार वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ।

बैंकले गल्फ प्रतियोगितामा सहभागीलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप एक–एकवटा बिरुवा पनि प्रदान गर्यो।

एक दिने सो कार्यक्रममा १०७ गल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा आत्माराम सिंखडा ४३ अंकसहित विजयी भए भने ४२ अंकसहित आशिष लाल श्रेष्ठ उपविजेता बने । टाशी छिरिङ ३८ अंकसहित उत्कृष्ठ ग्रसमा आए भने तुलसी भट्ट ४० अंकसहित वरिष्ठ श्रेणीमा आए । तारा कार्की महिलातर्फको विजेता भइन् । महिला तर्फको उपविजेता भने सुमित्रा खड्का बनिन् ।

लामो ड्राइभमा नोर्बु छिरिङ विजेता बने भने पिनको नजिक श्रेणीमा अनिल कुमार सिन्हा विजेता बने ।

विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?