काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बिहान ९ जे बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय भएको पनि बताए । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका निम्ति ज्ञानेश्वरस्थित सानोगौचरणमा राखिनेछ ।
८३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार (हिजो) दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया