गरिमा विकास बैंकले ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्दै

लोकपथ
56
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा यहि मंसिर ८ गते शनिबार ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ पाँच किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको हो ।

दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । खुल्लातर्फको १० किलोमिटर रेसमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेटतर्फका पाँच किलोमिटर रोड रेसमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।

यस कम्पिटिसनको महिला र पुरुषतर्फको चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ हुने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

यस रोड रेस प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेवसाइट www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?