पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर सानो गौचरणमा 

लोकपथ
126
Shares

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।

सानो गौचरमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ । यतिबेला सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति छ । नेता एवम विभिन्न निकायका विशिष्ट व्यक्तिहरूको आउने क्रम पनि सुरु भएको छ । 

नेपाल सरकारले राजकीय  सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । 

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?