आज शेयर बजार बन्द रहने

लोकपथ
56
Shares

काठमाडौं । आज आज शेयर बजार बन्द रहने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शेयर कारोबार नहुने नेपाल स्टक एक्सचेञ्जले जनाएको हो ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय सम्मान दिने मन्त्रिपरिषद्को निर्णयसँगै सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?