योजना आयोगको रणनीति नै कमजोर छ : अध्यक्ष ढकाल

लोकपथ
56
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्तर उन्नतिबाट फाइदा लिनेगरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल कम विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने र स्तर उन्नतिबाट कम घाटा भई फाइदा लिनेगरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताए ।  उनले भने,‘स्तर उन्नतिबाट कम घाटा भई फाइदा लिने योजना आयोगले रणनीति बनाएको चाहिँ छ तर उक्त रणनीतिको आधार खासगरी निजी क्षेत्रको तर्फबाट हेर्दा कमजोर छ ।’

उनले स्तर उन्नतिबाट विश्वसामु नेपालको प्रतिष्ठा बढ्ने, वैदेशिक लगानी बढ्ने जस्ता फाइदाहरू भएपनि युरोपियन मुलुकहरूमा निर्यात हुने, भन्साररहित बजार पहुँच साथै अति कम विकसित मूलुकले पाउने विकास सहायताहरू बन्द हुने सम्भावना रहेको बताए ।साथै यसबाट कम विकसित मुलुकको रूपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरू बन्द हुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजना हुने उनको भनाई छ । 

‘नेपालले सन् २०२६ मा एलडिसी भित्रमा अति कम विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने भएको छ । हामीले स्वदेशमा मागहरू कम भइरहेको अवस्थामा बाहिरको बजार खोज्नुपर्ने अथवा प्रोडक्टहरुलाई अझै बाहिर निर्यात गर्नुपर्ने आवश्यकता झन् बढेको छ । स्तर उन्नतीबाट एकातिर विश्वसामु नेपालको प्रतिष्ठा बढ्ने वैदेशिक लगानी बढ्ने जस्ता दुरगामी फाइदाहरू चाहिँ छन्’ उनले भने,‘तर अर्कोतर्फ युरोपियन मुलुकहरूमा निर्यात हुने भन्साररहित बजार पहुँच साथै अति कम विकसित मूलुकले पाउने विकास सहायताहरू अन्तर्गतका सहायताहरू बन्द हुने सम्भावना छ । यसबाट विदेशी बजार पनि गुम्दै जाने छ । अति कम विकसित मुलुकको रूपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरू बन्द हुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?