सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल

लोकपथ
119
Shares

काठमाडौं  । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनबीचको भेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पेरुमा आयोजित एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को वार्षिक शिखर सम्मेलनको साइडलाइन बैठकमा सी र बाइडेनबीच भएको कुराकानीमा ट्रम्पलाई सघाउने विषयमा छलफल भएको हो ।

भेटमा सीले बाइडेनको कार्यकालमा अमेरिका र चीनबिचको सम्बन्धमा आएको उतारचढाव पनि स्वीकार गरेका थिए । सो क्रममा  व्यापार र ताइवानका मुद्दाहरूमा तनाव कम गर्नेबारे पनि छलफल भएको थियो ।

ट्रम्पको कार्यकाल सुरु भएसँगै चीन र अमेरिकाबिचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरिरहेका बेला दुई नेताबीचको भेटले नयाँ सन्देश प्रवाह गरेको छ । भेटका क्रममा दुई विश्वव्यापी शक्तिहरूबीचको रणनीतिक प्रतिस्पर्धालाई युद्धमा धकेल्न नहुने बताएका थिए । 

शनिबार बाइडेनसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले बेइजिङ वासिङ्टनसँगको स्थिर सम्बन्धमा कायमै रहने पनि बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?