काठमाडौं । भारतको राजधानी दिल्लीमा आजदेखि विद्यालयहरू बन्द गरिएका छन्। वायु प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीका सबै प्राथमिक विद्यालयहरू आजदेखि अनिश्चितकालका लागि बन्द गरिएका हुन्।
दिल्ली सरकारका अनुसार जबसम्म वायु प्रदूषणको तहमा सुधार हुँदैन तबसम्म विद्यालय बन्द रहने र अनलाइन माध्यमबाट पढाइ हुनेछ। आइतबार साँझ विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पीएम २.५ प्रदूषकहरू (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर–कारक सूक्ष्म कणहरू) रेकर्ड गरिएको थियो ।
सोमबार बिहान यी मात्राहरू चेतावनी सीमाभन्दा करिब ३९ गुणा माथि थिए र सहर बाक्लो खैरो र पीडादायक धुवाँले ढाकिएको थियो । ‘कक्षा १० र १२ बाहेक सबै विद्यार्थीका लागि भौतिक कक्षाहरू बन्द गरिनेछ, ’ मुख्यमन्त्री आतिशीले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्राथमिक विद्यालयहरूलाई बिहीबार व्यक्तिगत कक्षाहरू बन्द गर्न आदेश दिइएको थियो । सोमबार डिजेल सञ्चालित ट्रकहरू र निर्माण कार्य सीमित गर्ने लगायत थप प्रतिबन्धहरू लगाइएको छ । सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिहरूलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया