घरायसी विवादमा श्रीमतीले चिर्पट हान्दा श्रीमानको मृत्यु

लोकपथ
357
Shares

काठमाडौं । रुकुमपश्चिमको चौरजहारीमा सोमबार राति श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–२ विजयश्वरी बस्ने करिब ३२ वर्षीया दीपा कुमालको प्रहारबाट श्रीमान ४० वर्षीय मधु कुमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नवराज पोखरेलले घरायसी विवादका कारण सिर्जना भएको झगडाका क्रममा पत्नीले पतिलाई चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिइसकेको डीएसपी पोखरेलले बताए ।

उनले घटनबारे अनुसन्धान भइरहेको बताए । प्रहरीका अनुसार उनीहरुका अन्दाजी १८ वर्षका एक छोरा खिम कुमाल छन् । उनैले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल रुकुमपश्चिमतर्फ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?