सरोकार समितिमा स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल

लोकपथ
21
Shares

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा  स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल भएको छ । 

मंगलबार सिंहदरबार स्थित समितिको सभाहलमा बसेको संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरोकारवालाहरुसँग स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल भएको हो ।

सोही क्रममा समिति सदस्य किरणबाबु श्रेष्ठले अनुगमनमा जाने सबैजना आइसकेपछि समग्र रूपमा एकै ठाउँमा प्रतिवेदन समीक्षा गर्दा राम्रो हुने बताए । 

उनले भने, ‘स्थलगत अनुगमनको क्रममा देखिएका विविध समस्याहरूको विषयमा एउटा प्रतिवेदन तयार भएर आउने नै छ । अनुगमनमा जानेहरू पनि आइसकेपछि समग्र रूपमा एकै ठाउँमा प्रतिवेदन समीक्षा गर्दा राम्रो हुन्छ होला ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?