भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रदर्शनी हुने

लोकपथ
56
Shares

काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेसनको आयोजनमा यही मंसिर १३ गतेदेखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रदर्शनी हुने भएको छ । नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरिको प्रयासमा सो सम्मेलन हुन लागेको हो ।

प्लाष्टिकको विश्वव्यापि बिस्तारबाट नेपाल समेत लाभान्वित भइरहेको सन्दर्भमा हुन लागेको यस मेला/प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरूका उत्पादकहरू साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरू लगायत नवीनतम प्रविधि समेतको प्रदर्शनी गरिने प्लाष्ट नेपालका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

यस मेलामा नेपाल, भारत, बङ्गलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया/सेवा प्रदायकहरूको सहभागिता हुनेछ भने मेलाको सह आयोजक भारतको कम्प्लाष्ट रहेको छ ।

यस मेलाले नेपालमा प्लाष्टिक जन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरी जनचेतना जगाउने तथा विश्व बजारमा गरिएका नवीनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउने विषयमा यस मेलाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

प्लाष्टिक जन्य वस्तुहरूको सम्बन्धमा थ्रीआर अर्थात् रियूज, रिसाइकल र रिड्यूसको विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवर्धन गरी नेपाललाई प्लाष्टिक गन्तव्यको रूपमा विकास गर्ने उद्देश्य सहित स्थापना भएको प्लाष्ट नेपाल फाउन्डेसनले यस भन्दा अगाडी तीन वटा अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?