राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको निर्देशन

लोकपथ
63
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले आगामी तीन महिनाभित्र राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाबाट महत्त्वपूर्ण प्रगति हासिल गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयमा आज आयोजित ‘प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति’को बैठकमा उनले जनतालाई आशा जगाउने गरी काम गर्न निर्देशन दिए । 

अबको तीन महिनाभित्र खाँद बारी–किमाथाङ्का सडकको ‘ट्र्याक’ खुल्ने जानकारी उनले दिए । राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको काठमाडौंतर्फको प्रवेश विन्दुको विषयलाई निष्कर्षमा पु-याउन सरोकारवालासँग छलफल गरिएको मन्त्री राईको भनाइ थियो । ‘केही समयभित्र सरोकारवालासहित स्थलगत निरीक्षण गरी जनताको सरोकार र भौगोलिक अवस्था बुझेर निष्कर्षमा पुगिनेछ, ’उनले भने, ‘खोकना प्रवेश विन्दुमा देखिएको असमझदारी टुङ्गिएपछि आयोजना समयमै सम्पन्न हुने छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले रक्षा मन्त्रालय र मातहतको निकायको प्रगतिले आशा जगाएको बताए । उनले विभिन्न आयोजनामा प्रयोग भएका श्रमशक्तिका बारेमा तथ्याङ्क राख्न सुझाव दिए। 

प्रधान सेनापति अशोकराज सिग्देलले सेनाको जिम्मेवारीमा रहेका आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न जङ्गी अड्डा निरन्तर लागि परेको स्पष्ट पारे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?