राजतन्त्र मान्ने र प्रचण्डजीलाई नेतृत्व दिने भन्ने भित्री खालको सहमति बनेको रहेछ : डा. बाबुराम भट्टराई

लोकपथ
2.2k
Shares

काठमाडौं । तत्कालीन विद्रोही माओवादीका एक जना मुख्य कमाण्डर डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन राजा वीरेन्द्रको बंशनासपछि राजा बनेका ज्ञानेन्द्र शाहसँग मिलेर आफू सत्ताको नेतृत्व गर्ने गरी वार्ता गर्न आफ्ना दूतहरु पठाएको खुलासा गरेका छन् ।

लोकपथसँगको विशेष कुराकानीमा डा. भट्टराईले भनेका छन्, ‘…एउटा तप्का चाहिँ राजासँग मिलेर जाँदा चाँडो सत्ता पाइन्छ भनेर भन्न थालेको रहेछ र प्रचण्ड पनि त्यसबाट प्रभावित हुन थाल्नुभएको रहेछ । २०५८–६० सालतिर आफ्ना मान्छे लगाएर प्रचण्डजीले राजासँग पनि कुरा गरेका रहेछन् । राजतन्त्र मान्ने र प्रचण्डजीलाई नेतृत्व दिने भन्ने भित्री खालको सहमति बनेको रहेछ । प्रचण्डजीले मलाई एक दिन राति फोनमा त्यही भन्नुभयो । मैले त्यसको विरोध गरेँ ।’

(डा. भट्टराईसँग गरिएको कुराकानीको पूरा अंश केही बेरमा लोकपथ डटकममा पढ्न र हेर्न सक्नुहुनेछ ।)

यो पनि…

…अनि प्रचण्डले बाबुराममाथि कारबाहीको डण्डा चलाए


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?