काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको घरबाट प्रहरीले ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । प्रहरीको सीआईबीे टोलीले उनको घरमा खनतलासी गर्ने क्रममा सो सामान बरामद गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाउने आरोपमा आज बिहान आफ्नै निवासबाट उनलाई पक्राउ थियो ।
‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको उनीमाथि आरोप आरोप छ।
उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) लगानी गरेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया