‘४० बुँदे मागपत्रमा देउवा सरकार सकारात्मक भएको भए युद्ध रोकिन्थ्यो ?’ (भिडियोसहित)

लोकपथ
259
Shares

काठमाडौं । तत्कालीन विद्रोही माओवादीका एक कमाण्डर डा. बाबुराम भट्टराईले २०५१ को मध्यावधि निर्वाचनका कारण दलहरुबीच मनमुटाव बढेको र संसद्वादी दलहरु कमजोर महसुस भएको अवस्था आँकलन गरेर नै आफूहरुले २०५२ फागुन १ गतेलाई जनयुद्धमा जाने मिति तय गरेको बताएका छन् ।

आफूहरुले त्यसबेलाको परिस्थितिको सुक्ष्म अध्ययन र सोचविचार गरेर नै फागुन १ को मितिलाई तय गरेको उनको भनाइ छ ।

जनयुद्धमा जानुअघि माओवादीले संयुक्त जनमोर्चाका नाममा २०४८ सालको निर्वाचनमा भाग लिएको थियो र प्रतिनिधिसभाको २०५ सिटमध्ये ९ सिट जितेको थियो । संयुक्त जनमोर्चाले एकथरी संसदमा गएर जनयुद्धमा जाने संकेत गर्ने, अर्कोथरीले युद्धको तयारी गर्ने र युद्धको तयारीका लागि सडक आन्दोलनसम्म गर्ने तयारी गरेको थियो ।

तर, २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नै पार्टी नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्वका कारण मध्यावधि निर्वाचन घोषणा गरेका थिए । निर्वाचनमा सबैभन्दा ठूलो दल एमाले बनेको थियो र उसले ठूलो दलको हैसियतमा सरकार गठन गरेको थियो । एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सो सरकार ९ महिनासम्म चलेको थियो । त्यसपछि कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको थियो । माओवादीले ४० बुँदे मागपत्र पनि देउवा सरकारलाई नै बुझाएको थियो ।

डा. भट्टराईको भनाइमा, मध्यावधि निर्वाचन घोषणाले दलहरुबीच मनमुटाव बढेको र संसद्वादी दलहरु कमजोर महसुस भएकै अवस्था आँकलन गरेरै माओवादीले २०५२ फागुन १ गतेलाई जनयुद्धमा जाने मिति तय गरेको थियो ।

‘यदि त्यसैबेला संयुक्त जनमोर्चाको तर्फबाट सरकारलाई बुझाएको मागपत्रका विषयमा शेरबहादुर देउवा नेतृत्वको सरकारले सकारात्मकता देखाएको भए जनयुद्ध धकेलिन्थ्यो या युद्ध नै हुँदैनथ्यो भन्ने आँकलन पनि छन् । माओवादीले २०४६ को परिवर्तनलाई आंशिक उपलब्धी मान्दै आएको थियो । आंशिक उपलब्धीले मात्र होइन हतियार उठाएर समाजमा स्थापित पुरानो मान्यतालाई हल्लाउँदै नौलो जनवादी गणतन्त्र स्थापना गर्ने चाहनास्वरुप तय भएको क्रान्तिको मार्गचित्रलाई कुनै पनि शक्तिले रोक्न नसक्ने अवस्था थियो,’ पूर्व प्रधानमन्त्री डा. भट्टराई भन्छन्, ‘मध्यावधि नभइदिएको भए युद्ध केही पर धकेलिने थियो भन्ने त थियो तर हामीले समाजलाई जरैदेखि धक्का दिएर नहल्लाएसम्म नेपाली समाज रुपान्तरण हुँदैन भनेर तयारी गरेका थियौँ । सत्तामा हुनेहरुबीच जब झगडा हुन्छ उनीहरु मिल्दैनन् क्रान्ति गर्नेहरुका लागि त्यो अवस्था त अनुकूल हुन्छ । त्यसले थप अनुकूलता दिएको हो । आन्तरिक रुपमा युद्धको तयारी र भित्री रुपमा संसदमा गएर त्यो कुरा बोल्ने र सडक संघर्ष गर्ने गरेर हामीले २०५२ साल फागुन १ गते व्यवस्थित रुपमा जनयुद्ध सुरु ग-यौं ।’

यो पनि…

…अनि प्रचण्डले बाबुराममाथि कारबाहीको डण्डा चलाए

राजतन्त्र मान्ने र प्रचण्डजीलाई नेतृत्व दिने भन्ने भित्री खालको सहमति बनेको रहेछ : डा. बाबुराम भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?