प्रदूषणबाट बच्न चाहनु हुन्छ ? अपनाउनुस् यी उपाय

लोकपथ
56
Shares

काठमाडौं । अहिले काठमाडौंलगायत विभिन्न सहरमा प्रदूषण बढेको छ । वायु प्रदूषण पछिल्लो समय सबैभन्दा गम्भीर समस्या बनेको छ । वरपरको वातावरण धुलो र धुवाँका कारण झनै धुम्म बन्दै गइरहेको छ । हालैका दिनहरूमा काठमाडौंको हावाको स्तर अस्वस्थकर रहँदै आएको छ ।

त्यसैले वायु प्रदूषणका कारण स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेको पाइन्छ । प्रदूषणका कारण मान्छेमा अनेकौँ समस्या देखिरहेका छन् । सास फेर्न समस्या, एलर्जी, दम, मुटुसम्बन्धी रोग आदिका बिरामी बढिरहेका छन् । बढ्दो प्रदूषणबाट बच्नका लागि केही उपाय गर्न निकै जरुरी छ ।  

मास्कको प्रयोग गर्नुस् : प्रदूषणबाट बच्न मास्क प्रयोग गर्नुहोस् ।  मास्कले हानिकारक कणहरू र प्रदूषकहरूलाई शरीरमा प्रवेश गर्नबाट रोक्न मद्दत गर्दछ । विशेषगरी बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुस् ।

आफ्नो आहारको ख्याल राख्नुस् : प्रदूषणको प्रभाव कम गर्न एन्टिअक्सिडेन्टयुक्त खानेकुराको सेवन गर्नुपर्छ । भिटामिन सी र ओमेगा–३ फ्याटी एसिडको सेवनले शरीरलाई प्रदूषणसँग लड्ने क्षमता प्रदान गर्छ । पर्याप्त मात्रामा पानी पिउनुहोस् ताकि शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सकियोस् ।

रुख राेप्ने : रुख रोप्नु दीर्घकालीन समाधान हो । सकेसम्म धेरै रूखहरू रोप्नुहोस् र आफ्नो वरपरको क्षेत्रमा हरियाली बढाउने प्रयास गर्नुहोस् । यसले प्रदूषण नियन्त्रण त गर्छ नै वातावरणलाई पनि हरियाली बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?