प्रहरीद्वारा दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि १० दिनको समय माग

लोकपथ
168
Shares

काठमाडौं । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको र उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिने साइबर ब्युरोले जनाएको छ । साइबर अपराधसम्बन्धी कसूरमा प्रहरीले प्रसाईंलाई हिजो मंगलबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?