दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सीआईबीले पक्राउ गरेको थियो । उनलाई म्याद थपका लागि आज अदालत लगिएको थियो ।

‘फेक डकुमेन्ट’ को सहारा लिएर प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?