टिकटको मूल्य नै एक लाख हुँदा रुप्सेले ल्यायो सस्तोमा बाली टुर

२५ हजार रुपैयाँमै थ्री स्टार होटेल, भिसा शुल्क र टुरको व्यवस्था !

लोकपथ
406
Shares

काठमाडौं । रुप्से होलिडेजले इन्डोनेसियाको बालीको लागि ४ रात पाँच दिनको भ्रमण योजना सार्वजनिक गरेको छ । डिसेम्बर ७ अर्थात् मङ्सिर २२ गते फिक्स डिपार्चर गर्ने गरी होलिडेजले टुर प्याकेज सार्वजनिक गरेको हो ।

महँगो हवाई भाडा तथा महँगो भिसा शुल्कको बाबजुद अत्यन्तै सस्तो मूल्यमा टुर प्याकेज ल्याएको रुप्से होलिडेजले दाबी गरेको छ । रुप्सेका अनुसार मात्रै १ लाख २५ हजार रुपैयाँमा ४ रात ५ दिनको फुल प्याकेज सार्वजनिक गरिएको हो । उक्त मूल्यमा दुईतर्फी हवाई भाडा, इन्डोनेसियामा तीन तारे होटेलको बास, ब्रेकफास्ट, स्थानीय यातायात, सिटी टुर तथा स्थानीय टुरमा लाग्ने टिकट शुल्क, भिसा शुल्क सबै समावेश गरिएको छ ।

इन्डोनेसिया टुरका क्रममा पर्यटकलाई डेनपासर, उबुद, तानाह लोट, उल्लुवाटु, जिम्बारन बे मा सि–फुड डिनरको व्यवस्थासमेत गरिएको छ ।

यात्रा तालिका
दिन १ (डिसेम्बर ७) : काठमाडौँबाट बाली प्रस्थान

भ्रमणको पहिलो दिन काठमाडौँबाट इन्डोनेसियाको नुरा राई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिनेछ । एयरपोर्टमा इमिग्रेसनको काम सकिएपछि त्यहाँका स्थानीय गाइडले सबै पर्यटकलाई लिएर होटेलमा जानेछन् । पहिलो दिन होटेलमा पुगेर त्यहीँ आराम गर्ने वा घुमघाम वा सपिङका लागि निस्कन सकिनेछ ।

दिन २ (डिसेम्बर ८) : डेनपासर र उबुदको भ्रमण

भ्रमणको दोस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरिसकेपछि बालीको राजधानी डेनपासरको बज्र सन्धि स्मारकको भ्रमण गराइनेछ । यो स्मारक बालीका जनताको सङ्घर्ष र इतिहासले भरिएको स्मारक हो ।

स्मारकको भ्रमण सकिएपछि बालीको अर्को चर्चित स्थान उबुदको भ्रमण गराइनेछ । उबुद बालीको धार्मिक तथा सांस्कृतिक केन्द्र पनि हो । उबुदको दरबार तथा त्यहाँको बजार समेत गरी दिनभर घुमेर साँझ होटेलमा ल्याइनेछ । बाँकी समय होटेलमा आराम गर्ने वा बाहिर घुमघामका लागि निस्कन पनि सकिनेछ ।

दिन ३ (डिसेम्बर ९) : तानाह लोट र उल्लुवाटु मन्दिरको भ्रमण अनि जिम्बारनमा सि–फुड डिनर

बाली भ्रमणको तेस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरिसकेपछि तानाह लोट र उल्लुवाटु मन्दिरको भ्रमण हुनेछ । तानाह लोट मन्दिर १७ औँ शताब्दीमा बनेको मन्दिर हो र यो समुद्रबाट नजिकै २ सय मिटर माथि चट्टानमा बनेको छ । हिन्दुहरूले यस मन्दिरलाई समुद्रको देवता र समुद्री शक्तिको रूपमा मान्ने गर्छन् । यस मन्दिरको आसपासबाट मनमोहक सामुद्रिक दृश्य अवलोकन गर्न सकिनेछ ।

भ्रमणको तेस्रो दिन नै बालीकै अर्को चर्चित मन्दिर उल्लुवाटु मन्दिर लगिनेछ । बालीबाट दक्षिण पश्चिममा रहको उल्लुवाटु मन्दिर पनि समुद्रको किनारबाट ८२५ फिट उचाइमा रहेको मन्दिर हो । यो मन्दिर हिन्दुहरूका लागि अति नै महत्त्वपूर्ण मन्दिर हो, जहाँ सीताको हरण गरेर लङ्का लगेको र हनुमानले लङ्का जलाएको केचक डान्स पनि देखाइन्छ । करिब १० मिनेटको सिँढीको यात्रा गरेर उक्त मन्दिरमा पुग्न सकिन्छ । सूर्यास्तमा यहाँको सनसेट भ्यु हेरेर डिनरका लागि लोकप्रिय स्थान जिम्बारन बेमा लगिनेछ । त्यहाँ डिनर गरिसकेपछि राती होटेलमा छाडिनेछ ।

दिन ४ (डिसेम्बर १०) : डेनपासरमा फ्रि डे
भ्रमणको चौथो दिन अर्थात् डिसेम्बर १० का दिन बालीको डेनपासरमा फ्रि डे का रूपमा रहेको छ । यस दिन होटेलमा ब्रेकफास्ट गरिसकेपछि स्थानीय घुमघाम वा सपिङका लागि समय दिइनेछ । दिनभर घुमेर साँझपख नाइट लाइफ पुल लगायतमा घुमघाम गर्न सकिनेछ ।

दिन ५ ( डिसेम्बर ११) : काठमाडौं फिर्ती
चार दिन इन्डोनेसियाको बालीमा घुमघाम गरेपछि भ्रमणको पाँचौँ दिन बिहान होटेलमा ब्रेकफास्ट गरी काठमाडौं फर्कन एयरपोर्ट पुगिनेछ । अविस्मरणीय सम्झनाहरूका साथ इन्डोनेसियाको बाली भ्रमण समाप्त हुनेछ ।

भिसा प्रक्रिया
इन्डोनेसियामा पहिले नेपालीहरूलाई फ्रि भिसा र अन अराइभल भिसा भएकामा अहिले त्यो सुविधा छैन । इन्डोनेसियाको भिसा लिनका लागि पहिले नै अनलाइन मार्फत १०५ अमेरिकी डलर बुझाउनु पर्छ । भिसा लिनका लागि ३५X४५ को एउटा हालसालै खिचिएको फोटो हुनुपर्छ र फोटोमा चस्मा, टिका वा टोपी लगाएको हुनुहुँदैन ।

त्यसै गरी भिसा लिनका लागि कम्तीमा ६ महिनाको अवधि भएको एमआरपी पासपोर्ट आवश्यक हुन्छ भने कम्तीमा ६ महिनाको स्टेटमेन्ट र कम्तीमा ३ लाख रुपैयाँको अन्तिम ब्यालेन्स रहेको हुनुपर्छ ।

किस्ताबन्दीमा समेत जान सकिने
इन्डोनेसियाको बाली भ्रमणमा जान चाहने तर तत्कालै सबै रकम नहुने सेवाग्राहीले किस्ताबन्दीमा समेत बाली घुम्न सक्ने रुप्सेले जनाएको छ । त्यसका लागि आफूले काम गर्ने वा नियमित आम्दानी गर्ने कम्पनीबाट पत्र बनाई सोही पत्रका आधारमा मासिकरुपमा किस्ता तिर्ने गरी घुम्ने सुविधा उपलब्ध हुने रुप्सेले जनाएको छ ।

अहिले बालीका लागि दुईतर्फी हवाई टिकटको मूल्य नै १ लाख रुपैयाँभन्दा बढी छ । तर रुप्से होलिडेजले दुईतर्फी टिकटको शुल्कसहित भिसा शुल्क, होटेलको बास, टुर प्याकेज आदि सबै शुल्क गरेर मात्रै १ लाख २५ हजारमा सेवा दिन लागेको बताएको छ । रुप्सेका अनुसार पहिले नै टिकट बुकिङ भएको कारण सस्तो मूल्यमै बालीमा टुर प्याकेज बेच्न लागिएको हो ।

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?