कैलाली जिसस प्रमुखमा कांग्रेस उम्मेदवार भुल निर्विरोध निर्वाचित

लोकपथ
203
Shares

काठमाडौं । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । यद्यपि यसको आधिकारिक घोषण हुन बाँकी छ ।

नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारूले दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेस उम्मेदवार भुल निर्विरोध निर्वाचित भएकी हुन् । 

कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा विजयी भएकी भुलले एमालेको समर्थनमा जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

आज बुधबार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको थियो । नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारू, कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताहरूको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ साल पुस २३ गते निधन भएपछि सो पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?