ट्रम्पले लिन्डा मेकम्यानलाई बनाए शिक्षामन्त्री

लोकपथ
161
Shares

काठमाडौं । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लिन्डा मेकम्यानलाई अमेरिकाको नयाँ शिक्षामन्त्रीमा नियुक्त गरेका छन् । ट्रम्पले मंगलबार राति यो घोषणा गरेका हुन् ।

यसअघि भने सीएनएनले ट्रम्पले मेकम्यानलाइ वाणिज्य मन्त्री बनाउन सक्ने भन्दै समाचार छापेको थियो । बाईडेनले ट्रम्पलाई सरकार सुम्पिँदासम्मको संक्रमणकालीन अवस्था हेर्ने टोलीमा मेकम्यान सह–अध्यक्ष हुन् ।

ट्रम्पले यो टोलीका अर्का सह–अध्यक्ष होवार्ड लुट्निकलाई मंगलबार नै वाणिज्य मन्त्रीमा नियुक्त गरेका छन् ।

मेकम्यानले दशर्कौसम्म नेतृत्वमा आफ्नो अनुभव र शिक्षा अनि व्यवसायमा आफ्नो गहन बुझाईलाई अमेरिकाको भावी विद्यार्थी र कामदार पुस्तालाई सशक्त बनाउन प्रयोग गर्ने ट्रम्पले एक विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?