काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा कार्यरत अमिन (करार) ईश्वरचन्द्र चौलागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
जग्गा हालसाविक पश्चात् कित्ताकाट गरी सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको। भन्दै अख्तियारले उनीविरुद्ध आरोप पत्र दायर गरेको हो । जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियारबाट गएको टोलीले उनलाई २० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो २० जहार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया