१२ बुँदेदेखि शान्ति प्रक्रियामा भारतको हात थियो भन्नु गलत : देव गुरुङ (भिडियोसहित)

लोकपथ
84
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले १२ बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौतासम्ममा भारतको हात रहेको भन्नु गलत रहेको बताएका छन् ।

१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको १८ वर्ष पुगेको अवस्थामा लोकपथसँगको कुराकानीका क्रममा महासचिव गुरुङले सो कुरा बताएका हुन् । उनले युद्ध चलिरहेका बेला कुनै वार्ताहरु देशभित्र र कुनै वार्ताहरु देश बाहिर हुनु स्वभाविक रहेको बताए ।

‘…त्यो मलाई थाहा नभएको विषय हो । तर सहमति र सहकार्यका लागि दलहरुबीच अलगअलगमा कुराकानी भएको अवस्था थियो । कुनै वार्ता देशभित्र भयो होला कुनै बाहिर भयो होला । युद्ध चलिरहेको अवस्थामा सुरक्षित स्थान कहाँ हुन्छ दुई पक्षबीच त्यही वार्ता हुने हो । दलहरुबीचको संवाद दलहरुले नै इनिसियसन लिएर गर्ने विषय हो, अरु कसैले इनिसियसन लिएर गर्नुपर्ने अवस्था भएन । एमालेसँग जनयुद्धदेखि नै निरन्तर संवाद चलिरहेकै थियो, कांग्रेससँग पनि निरन्तर संवाद भइरहेकै थियो,’ उनले भने ।

त्यस्तै जनयुद्ध बाध्यात्मक परिस्थितिले सिर्जना भएको भन्दै कसैको लडहको आधारमा युद्धको सुरुवात नभएको दाबी गरे । साथै
‘जनयुद्ध मुलुकको बाध्यात्मक परिस्थितिले उठान भएको विषय हो । अघि बढ्न सकिएला र नसकिएला भनेर मनोगत रुपमा उठान गर्ने विषय मात्र थिएन । कसैको मनोगत चाहनाको विषयमा सुरु भएको विषय जनयुद्ध थिएन,’ उनले भने ।

०६२ साल मंसिर ७ गते तत्कालीन विद्रोही माओवादी र सात राजनीतिक दलहरुबीचको वार्ता तत्कालीन दरबारले दुवै पक्षलाई दमन गर्न थालेपछि वार्ताको वातावरण बनेको बताए ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?