नायिका एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर अल इलेक्ट्रिक एसयूभीको जेसिक्स हस्तान्तरण

लोकपथ
154
Shares

काठमाडौं । नायिका एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स हस्तान्तरण गरिएको छ । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले आज गौतमलाई सो गाडी हस्तान्तरण गरेको हो ।

एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, तथा एबीटी मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा गौतमलाई सो गाडी हस्तान्तरण गरिएको हो ।

जेइको जेसिक्स नेपालकै पहिलो अफ–रोडर इलेक्ट्रिक एसयूभी हो जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटि सोलुसन प्रदान गर्दछ । जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टि डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयूभीहरूभन्दा छुट्टै स्तरमा रहेको छ ।

जेसिक्समा रहेको ४०० कीमीको डब्लुएलटीपी रेन्ज, ६५.६९ किलोवाटआवरको ब्याट्रि क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ–रोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।
ओमोडा एन्ड जेइको उच्चगुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाहरूका साथ नेपालमा दिगो मोबिलिटि सोलुसन प्रवर्धन गर्न प्रतिवद्ध रहेको कम्पनीको दावी छ ।

जेइको जेसिक्ससँगै ओमोडा एन्ड जेइकोको प्रिमियम र लामो रेन्जको इलेक्ट्रिक एसयूभीहरूको लाइनअपमा थपिएको नयाँ एसयूभी हो । नेपाली बजारमा गत फेब्रुअरी २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिना भित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभर गरिसकेको छ र ब्रान्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?