‘गरिमा समृद्धि योजना’ निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृत

लोकपथ
56
Shares

काठमाडौं । गरिमा म्यूचुअल फण्डअन्तर्गत पहिलो बन्द मुखी योजना ‘गरिमा समृद्धि योजना’ निष्कासन गर्न नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्द मुखी योजना ‘गरिमा समृद्धि योजना’ निष्कासन गर्न नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएको हो । 

कम्पनीले पहिलो बन्द मुखी योजनाको रूपमा एक अर्ब बराबरको “गरिमा समृद्धि योजना” सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट २०८१ साल मंसिर ५ गते स्वीकृति प्राप्त गरेको हो ।

नेपाल धितो पत्र बोर्डको स्वीकृतिसँगै छिट्टै नै सार्वजनिक रूपमा निष्कासन हुन लागेको ‘गरिमा समृद्धि योजना’ विस्तृतमा देहाय बमोजिम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?