काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं ज्ञानेश्वरमा कार्यालय भवनको शिलान्यास गरेको छ । बैंकले आज काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वरमा आफ्नै कार्यालय भवन निर्माणका लागि शिलान्यास गरेको हो ।
बैंकले भवन निर्माणको काम आगामी नौं महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
शिलान्यास कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले बैंकले नयाँ भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखासहितको सेवा दिने जानकारी दिए । बैंकिङ कारोबारलाई डिजिटल प्रविधिमार्फत प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक र सहज सेवा दिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया