काठमाडौं । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुने भएको छ ।
यसअघि मंगलबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया