भारतका अर्बपति व्यवसायी गौतम अडानीविरुद्ध अमेरिकामा मुद्दा दायर

लोकपथ
140
Shares

काठमाडौं । भारतका अर्बपति व्यवसायी गौतम अडानीविरुद्ध हिजो बुधबार अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने व्यवसायी अडानीविरुद्ध न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो । गौतम अडानी अडानी गु्रपका अध्यक्षसमेत हुन् ।

अडानी र उनका भतिजा सागर अडानीसहित सात जनाविरुद्ध सौर्य ऊर्जा प्लान्ट परियोजनाको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घुस दिएको र यो कुरा लुकाउन खोजेको आरोपमा मुद्दा दायर भएको हो । अडानी र उनको कम्पनी ग्रीन इनर्जीका पूर्व सीईओले यो परियोजनाका लागि अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?