काठमाडौं। ग्रेटर नेपाल अभियान चलाइरहेका फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज शान्तिनगरबाट पक्राउ गरेको हो ।
भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आएका छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना देखिएको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।
भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा उनले विरोध जनाउँदै आएका छन् । त्यसक्रममा उनी पटक–पटक पक्राउ पर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया